तीन जना सवार मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु एकको अवस्था गम्भीर
३० मंसिर २०८०, शनिबार ०९:२६
धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अर्को एक जना गम्भिर घाइते भएका छन् ।
घटनास्थलमै मृत्यु हुनेमा धनुषा कमला नगरपालिका–८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका–१ का ३० वर्षीय जयकुमार सहनी रहेका छन् । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवालेलेका अनुसार सोही मोटरसाइकलमा रहेका जनकपुरधाम उपमहानगरपालिका–१२ का शत्रुधन सहनी गम्भीर घाइते भएका छन् ।
सहनीको जनकपुरधाममा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौको न्युरो अस्पताल सिफारिस गरिएको छ । शुक्रबार जनकपुरधामबाट ढल्केबर जाँदै गरेको प्रदेश २–०२–००२प ४०९२ नम्बरको मोरसाइकल लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया