श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धिका लागि संघको नेतृत्वमा आन्दोलन घोषणा
२९ मंसिर २०८०, शुक्रबार १६:१४
श्रमजीवी पत्रकार संघ नेपालले विगत पाँच वर्षदेखि वृद्धि नभएको श्रमजीवी पत्रकारहरुको पारिश्रमिक वृद्धिका लागि आन्दोलनको घोषणा गरेको छ।
शुक्रबार बसेको संघको केन्द्रीय कार्यसमिति बैठकले श्रमजीवी पत्रकारहरुकको पारिश्रमिक वृद्धिका लागि विभिन्न चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
पारिश्रमिक वृद्धि लगायत ९ बुँदे माग सम्बोधनका लागि मंसिर २५ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई शुक्रबारसम्मको समय दिएर अल्टिमेटम पत्र बुझाए पनि माग सम्बोधनका लागि कुनै छनक नदेखिएपछि आन्दोलनका कार्यक्रम घोषणा गरिएको संघका अध्यक्ष जन्मदेव जैसीले जानकारी दिए।
उनका अनुसार साताव्यापी आन्दोलनका कार्यक्रमहरु गर्ने निर्णय गरिएको छ। जस अन्तर्गत पुस १ गते आइतबार सामाजिक सञ्जालमार्फत ९ बुँदे अधिकारपत्रबारे देशभर प्रचारप्रसार गर्ने, माग सम्बोधनका लागि २ गते दबाब दिने उपत्यकामा हस्ताक्षर गर्ने, ३ गते उपत्यकाबाट संकलित हस्ताक्षर अभियानमा जम्मा भएको हस्ताक्षर मन्त्रालयमा बुझाउने कार्यक्रम रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया