६ वर्षीया बालिका मृत फेला दुईजना पक्राउ
२९ मंसिर २०८०, शुक्रबार १०:०२
धनुषामा बुधबारदेखि हराइरहेकी एक बालिकाको शव फेला परेको छ। बुधबार घर नजिकैबाट हराएकी सबैला नगरपालिका–९ कुसमहाकी ६ वर्षीया राखी यादवको शव बिहीबार पानी जमेको खाल्डोमा फेला परेको हो ।
उनको शव नग्न अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले जानकारी दिए। शवको प्रकृति शंकास्पद देखिएकाले अनुसन्धान शुरु गरेको उनले बताए। अनुसन्धानका क्रममा दुईजनालाई प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार ती बालिका विवाहपञ्चमीको अवसरमा निकालिने मटकोरको रथ यात्रामा बुधबार सहभागी भएको स्थानीयले देखेका थिए। बेलुकी घर नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीलाई भनेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया