जन्ती बोकेको गाडी दुर्घटना हुँदा वडासदस्यको मृत्यु – Nagarikabhiyan : National News

जन्ती बोकेको गाडी दुर्घटना हुँदा वडासदस्यको मृत्यु

जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एकजनाको मृत्यु भएको छ । जिल्लाको ऐरावती गाउँपालिका–२ बरौलाबाट खलङ्गाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कार्पियो बरौलाको मोति माध्यमिक विद्यालयको पूरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

लु ३ च ६८७४ नं को स्कार्पियोको बिहीबर अगाडीको टायर पङ्चर भई ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हुमानन्द खनालले बताए । दुर्घटनामा परि गाडीको अगाडी बाटोमा हिँडेका मल्लरानी गाउँपालिका–३ का वडासदस्य दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख इश्वर थापाले जनाए ।
उनका अनुसार दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।