वीरगन्जसँग इलाम पराजित
२८ मंसिर २०८०, बिहीबार ०६:०४
नेपाल सुपर लिग फुटबलमा स्पोर्टिङ इलाम एफसी, वीरगन्ज युनाइटेडसँग २(१ ले पराजित भएको छ।
यससँगै वीरगन्जले लिगमा पहिलो जित निकालेको छ। खेलको १४ औं मिनेटमा सुरज बस्नेतले दिएको पासमा पेनाल्टी बक्सभित्र रहेका आशिष चापागाईंले गोल गरेका थिए। यससँगै इलामले पहिलो हाफको सुरुमै अग्रता बनायो।
खेलको ३३ औं मिनेटमा भने वीरगन्जले बराबरी गोल फर्कायो। लामो पासको सदुपयोग गर्दै विशोन गुरुङले लिगमा पहिलो व्यक्तिगत गोल गरेर खेललाई पहिलो हाफमै बराबरीमा ल्याए। पहिलो हाफको बाँकी समय दुवै टिमका प्रयास गोलमा परिणत हुन नसक्दा खेल एक९एक को बराबरी भएको थियो।
दोस्रो हाफको निर्धारित ९० मिनेटसम्म पनि दुवै टिमले गोल गर्न सकेनन्। तर थपिएको अन्तिम मिनेटमा रेफ्री कबिन ब्यन्जनकारले दिएको पेनाल्टीमा विलियम ओपेकुल ओडूले गोल गरेपछि वीरगन्जले लिगमा पहिलो जित दर्ता गर्यो। त्यसपछि भने खेलमा तनाव उत्पन्न भयो।
अनावश्यक पेनाल्टी दिएको भन्दै विरोध गर्दा इलामका मेनेजर उत्सव शाक्य र गोलकिपर विकेश कुथुले रेड कार्ड पाए।
यो हारसँगै इलाम तालिकाको पुछारमा पुगेको छ भने पाँच अंक बनाएको वीरगन्ज एक स्थान माथि उक्लिएको छ। इलामको चार अंक छ। लिगमा आज चितवनले धनगढीको सामना गर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया