धारिलो हतियार प्रयोग गरी महिलाको हत्या एक जना पक्राउ – Nagarikabhiyan : National News

धारिलो हतियार प्रयोग गरी महिलाको हत्या एक जना पक्राउ

बैतडीमा धारिलो हतियार प्रयोग गरेर एक महिलाको विभत्स हत्या गरिएको छ । सुर्नया गाउँपालिका–३ बिजुलका अन्दाजी ३२ वर्षीय तेजबहादुर चन्दले सोही ठाउँकी अन्दाजी ५६ वर्षीया हरिना बिष्टको धारिलो हतियार प्रयोग गरि हत्या गरेका हुन् ।

चन्दले मंगलबार दिउँसो घरमै पुगेर बिष्टको सब्बल, हसिया लगायतका हतियारको प्रयोग गरेर हत्या गरेका स्थानीय भुवन भट्टले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले चन्दलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।