विश्वकपमा भारतले पाएको नयाँ स्टार श्रेयस अय्यर – Nagarikabhiyan : National News

विश्वकपमा भारतले पाएको नयाँ स्टार श्रेयस अय्यर

भारतीय क्रिकेट टिम एकसेएक स्टार खेलाडीले भरिएको छ। विराट कोहोली, रोहित शर्मा, केएल राहुल, मोहम्मद शामी, जसप्रित बुमराहजस्ता खेलाडीले भरिएको भारतीय टिममा यो विश्वकपले नयाँ स्टार पाएको छ।

कुनै समय भारतीय क्रिकेट टोलीमा चौथो नम्बरको ब्याट्सम्यानलाई लिएर विश्वभरमा बलरहरु तर्सिन्थे। सचिन तेन्दुलकर, राहुल द्रविड र युवराज सिंह जस्ता खेलाडीहरु चौथो नम्बरमा ब्याटिङ गर्न क्रिजमा ओर्लिन्थे। टिमलाई संकटबाट जोगाउँदै विजेतासम्म बनाउने खुवी एक्लै राख्ने भएकाले उनीहरुको चर्चा र विपक्षी टिमको चिन्ता हुने गर्दथ्यो।

उनीहरुको अवकाशपछि भारतीय टिममा चौथो नम्बरमा अस्थिरता आएको थियो। तर, यसपटकको विश्वकपले भारतका लागि त्यो रिक्तता पूर्ति गर्ने संकेत गरेको क्रिकेटका विश्लेषकहरुको दाबी छ।