जिल्ला कारागार सिन्धुलीमा एक कैदी बन्दीको मृत्यु – Nagarikabhiyan : National News

जिल्ला कारागार सिन्धुलीमा एक कैदी बन्दीको मृत्यु

जिल्ला कारागार सिन्धुलीमा एक कैदी बन्दीको मृत्यु भएको छ।
गएराति बेहोस अवस्थामा भेटिएका दुधौली नगरपालिका–१० का ३० वर्षीय विमल थापाको जिल्ला अस्पतालमा मृत्यु भएको सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए। विमल सवारी ज्यान मुद्दामा पुर्पक्षका लागि असोज १७ गतेदेखि थुनामा थिए।

डिएसपी दाहालका अनुसार हिजो कारागारमै तिहार मनाएर देउसी खेलिसेकपछि खाना खाएर सुतेका विमल बेहोस अवस्थामा फेला परेका थिए।
उनको मृत्युको कारण खुलेको छैन। विमलको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।