उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
३० कार्तिक २०८०, बिहीबार ०६:५१
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज ९बिहीबार० बिहानसम्म देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार बिहीबार राति कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका १(२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया