जिम्बावेमा बस र ट्रक ठोकिँदा २२ जनाको ज्यान गयो
२९ कार्तिक २०८०, बुधबार २०:०५
जिम्बावेको दोस्रो ठूलो सहर बुलावायो नजिकै मङ्गलवार राति एउटा मिनीबस ट्रकसँग ठोकिँदा २२ जनाको ज्यान गएको छ । बुलावायो–बिटब्रिज रोडमा २१ जना यात्रु बोकेको मिनीबस र यात्रुसहितको ट्रक ठोकिँदा अन्य दुई जना घाइते भएका छन् ।
मिनिबसका चालकसहित २२ जनाको घटनास्थलमै ज्यान गएको र ट्रकमा सवार दुई जना घाइते भएका जिम्बावेको सबैभन्दा ठूलो दैनिक पत्रिका द हेराल्डले रिपोर्ट गरेको छ । घाइते दुई जनाको दक्षिण–पश्चिमी सहर बुलावायोमा उपचार भइरहेको खबरमा उल्लेख छ ।
जिम्बावे सडक दुर्घटना बारम्बार भइरहन्छ, जहाँ कच्ची सडकमा गाडीमा क्षमताभन्दा बढी यात्रु राख्ने गरेको आरोप चालकहरूलाई लाग्ने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया