विराट कोहलीले तोडे सचिनको रेकर्ड, एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडी बने – Nagarikabhiyan : National News

विराट कोहलीले तोडे सचिनको रेकर्ड, एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडी बने

भारतीय क्रिकेटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्वक्रिकेटर सचिन तेन्दुलकरको नाममा रहेको सर्वाधिक शतकको रेकर्ड तोडेका छन् ।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलअन्तर्गत न्युजिल्यान्डसँगको खेलमा शतक बनाउँदै कोहलीले सचिनको सर्वाधिक ४९ शतकको रेकर्ड तोडेका हुन् । योसँगै कोहली एकदिवसीय क्रिकेटमा ५० शतक बनाउने पहिलो खेलाडी बनेका छन् । तेन्दुलकरले ४ सय ५२ इनिङ्समा ४९ औँ शतक पूरा गरेका थिए । कोहलीलै मात्र २ सय ७९ इनिङ्समा ५० औँ शतक बनाए ।

क्रिकेटको ३ वटै फर्म्याट ९टेस्ट, एकदिवसीय र टी–२०० मा गरेर सय शतक बनाउने रेकर्ड भने सचिनको नाममा छ । उनले टेस्टमा ५१ र एकदिवसीयमा ४९ शतकसहित यो उपलब्धि हासिल गरेका हुन् । सर्वाधिक शतकको दोस्रो नम्बरमा रहेका कोहलीले टेस्टमा २९, एकदिवसीयमा ५० र टी–२० मा १ गरेर शतक सङ्ख्या ८० पुर्‍याएका छन् ।