ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु – Nagarikabhiyan : National News

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

ललितपुरको टाखेलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चापागाउँबाट टाखेल जाँदै गरेको बा ६० प ५१९५ नम्बरको मोटरसाइकल सडकको दायाँ तर्फको रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मोटरसाइकलमा सवार सिन्धुलीको मरिण गाउँपालिका घर भएका २४ वर्षीय राम माझी र २५ वर्षका विजय माझीको मृत्यु भएको प्रहरी वृत्त चापागाउँका डिएसपी कृष्ण कुमार चन्दले बताए ।
उनीहरूको शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा राखिएको छ ।