विश्वकप क्रिकेट सेमिफाइनल भारतले टस जितेर ब्याटिङ रोज्यो
२९ कार्तिक २०८०, बुधबार १५:०८
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डसँगको खेलमा भारतले टस जितेको छ ।
मुम्बईको वानखेडे स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर ब्याटिङ रोजेका छन् । रातको समयमा मैदानमा शीत पर्ने सम्भावनाका कारण यो खेलमा टसको भूमिकालाई महत्त्वपूर्ण मानिएको थियो ।
यो विश्वकपमा मुम्बईमा भएको चार खेलमा पहिले ब्याटिङ गर्ने टिमले ३ पटक र पहिले बलिङ गर्ने टिमले १ पटक जितेका छन् ।
भारत यो विश्वकपमा सबै खेल जित्दै सेमिफाइनलमा पुगेको हो भने न्युजिल्यान्ड ९ मध्ये ५ खेल जितेर चौथो स्थानमा रहँदै अन्तिम ४ मा पुगेको हो ।
समूह चरणको खेलमा धर्मशालामा भारतले न्युजिल्यान्डलाई ४ विकेटले हराएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया