ललितपुरको क्लासिक टावरबाट नेपाली सेनाका अवकाशप्राप्त जर्नेलसहित ८ जुवाडे पक्राउ – Nagarikabhiyan : National News

ललितपुरको क्लासिक टावरबाट नेपाली सेनाका अवकाशप्राप्त जर्नेलसहित ८ जुवाडे पक्राउ

प्रहरीले ललितपुरबाट प्रतिष्ठित व्यक्तिहरुसहित आठ जनालाई पक्राउ परेको छ।
ललितपुर महानगरपालिका वडा नम्बर १५ स्थित क्लासिक टावरको ‘ए’ ब्लकको छैटौं तल्लाबाट उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरी स्रोतले नेपाल लाइभलाई दिएको जानकारी अनुसार पक्राउ पर्नेमा एक जना नेपाली सेनाका अवकाशप्राप्त जर्नेलसमेत रहेका छन्।
अन्य व्यक्तिहरु पनि भीआइपी नै रहेको बताइएको छ। तर प्रहरीले उनीहरुको पहिचान भने खुलाएको छैन।
प्रहरीले जुवाखालबाट १६ लाख ८२ हजार ५०० रुपैयाँ नगदसमेत बरामद गरेको छ।