टिकटक प्रतिबन्धमा प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न कुन सहमति हाम्रो पार्टीसँग कहिले र कहाँ छलफल भयो – Nagarikabhiyan : National News

टिकटक प्रतिबन्धमा प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न कुन सहमति हाम्रो पार्टीसँग कहिले र कहाँ छलफल भयो

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले टिकटक प्रतिबन्ध गर्ने निर्णयमा प्रधानमन्‍त्रीले सहमतिका आधारमा गरिएको भनेकाले कुन सहमति भन्दै प्रश्न गरेका छन्।
मंगलबार बसन्तपुरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा उभिएर टिकटक बन्द गर्ने निर्णय लिएको दाबी गरेका थिए।

त्यसपछि थापाले भनेका छन् प्रधानमन्त्रीले भन्नुभएछ सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटक बन्द गर्ने निर्णय गरिएको हो। प्रमज्यूलाई प्रश्न छ कुन सहमतिरु हाम्रो पार्टी नेपाली कांग्रेससँग कहाँ र कहिले भयो छलफलरु कहाँ भयो सहमतिरु कहिले,कसले गर्‍यो सहमतिरु’

उनले प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुको क्लबको बन्द कोठाका बैठकमा हुने सम्झौता पार्टीहरुको बीचमा भएको सहमति नभन्न अनुरोध समेत गरेका छन्। साथै उनले पार्टी भनेको पार्टी प्रमुखको निजी कम्पनी नभएको स्मरण गराएका छन्।

उनले भनेका छन्,प्रमज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरूको क्लबको बन्द कोठाका बैठकमा हुने सम्झौता पार्टीहरूको बिचमा भएको सहमति नभन्नुहोस्, नभन्ठान्नुहोस्। यो तपाईंहरूबीचको समझदारी हो पार्टीहरूबीचको होइन। पार्टी भनेको पार्टी प्रमुखको निजी कम्पनी होइन, कुनै मत पार्टीको मत हुन पार्टी भित्र छलफल हुनुपर्छ।’

उनले प्रमुखहरु बसेर यस्ता लहडी निर्णय र सम्झौताको भारी पार्टी र आफूहरुले बोक्न नसक्ने स्पष्ट पारेका छन्। सरकारले गर्ने निर्णमा सत्तापक्षकै सांसद र पार्टीका पदाधिकारीले विरोध गर्न मिल्छरु भन्दै प्रश्न आइरहेको भन्दै थापाले गलतको विरोध र प्रतिरोध गर्न मिल्ने बताएका छन्।