काठमाण्डौको बल्खुमा एक जना पुरुष मृत फेला – Nagarikabhiyan : National News

काठमाण्डौको बल्खुमा एक जना पुरुष मृत फेला

काठमाण्डौ महानगरपालिका–१४ बल्खुमा एक जना पुरुषको शव फेला परेको छ ।

बल्खुको सुकुम्वासी बस्तीको टहरामा बस्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका–१ का ४५ वर्षीय गोकुल खड्कालाई प्रहरीले हिजो मृत अवस्थामा फेला परेको हो ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।