विश्व कप छनोट खेल्ने नेपाली टोली आज यूएई जाँदै
२६ कार्तिक २०८०, आईतवार १४:४४
फिफा विश्व कप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स यूएई विरुद्ध खेल्न नेपाली राष्ट्रिय पुरुष फुटबल आज यूएई प्रस्थान गर्दैछ
नेपाली टोली आज दिउँसो ३ बजे यूएई प्रस्थान गर्ने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ । नेपालले यूएईसँग यही कात्तिक ३० गते दुबईमा खेल्दैछ । त्यसपछि नेपालले आउँदो मङ्सिर ५ गते दशरथ रङ्गशालामा यमनसँग खेल्नेछ ।
विश्व कप एसिया छनोटको दोस्रो चरणको समूह ‘एच’ मा रहेको नेपालको समूहमा यूएई बहराइन र यमन रहेका छन् । त्यस्तै, विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओसलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको थियो ।
यूएईसँग खेल्ने नेपाली खेलाडीमा किरणकुमार लिम्बू दीप कार्की अभिषेक बराल सनिश श्रेष्ठ, रोहित चन्द अञ्जन राई आशिष चौधरी अमृत श्रेष्ठ ऐरिक विष्ट र छिरिङ लामा योगेश गुरुङ लकेन लिम्बू,उत्सव राई क्रितिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङ्दाम्बे, निशान हमाल, अञ्जन विष्ट, आयुष घलान, जिलेस्पी जङग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट र राजेश परियार छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया