आफ्नै घरभित्र श्रीमान –श्रीमती मृत फेला
२६ कार्तिक २०८०, आईतवार १३:३३
कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनबारीमा १ दम्पती आफ्नै घरमा आज मृत फेला परेका छन्। बिनबारीका २६ वर्षीय श्यामकुमार राना र उनकी पत्नी २५ वर्षीया पुष्पा राना घरभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी प्रकाश डाँगीले राना दम्पती मृत फेला परेको विषयमा प्रहरीले अनुसन्धान थालेको जानकारी दिए।
घटनाबारे त्रिभुवनबस्तीबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिहेको छ, डीएसपी डाँगीले भने, ‘पुष्पाका माइती पक्षलाई पनि घटनास्थलमा बोलाएर अनुसन्धान भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया