धादिङ केन्द्रविन्दु बनाएर भूकम्प
२६ कार्तिक २०८०, आईतवार ०८:५२
धादिङमा केन्द्रविन्दु बनाएर गएराति भूकम्प गएको छ ।
गएराति ११स्२३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका(५ खरी केन्द्रविन्दु बनाएर ३।५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
हल्का धक्का भएकाले भूकम्पबाट क्षति नभएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।
धादिङको खरी केन्द्रविन्दु बनाएर कात्तिक ५ गते ६।१ म्याग्नेच्युडको भूकम्प गएको थियो । त्यस दिन ४ म्याग्नेच्युडमाथिका आधा दर्जन बढी पराकम्प आएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया