स्वयम्भूमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
२४ कार्तिक २०८०, शुक्रबार २१:२०
काठमाडौंमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान काठमाडौं महानगरपालिका(१५ स्वयम्भू चमतीस्थित सडकमा प्रदेश ३०१२३ च ०४७० नम्बरको गाडीले बागमती प्रदेश ०२०४४ प १७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकलमा सवार धादिङ ज्वालामुखी गाउँपालिका(२ घर भई हाल काठमाडौं बानियाँटार बस्ने २५ वर्षीय सुजन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको क्षेत्रपाटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको उपचारको लागि वीर अस्पताल पठाइएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया