विद्यार्थी संगठन अखिल क्रान्तिकारी मकवानपुरले ८ बुँदे माग सहितको ज्ञापन पत्र बुझायो
२४ कार्तिक २०८०, शुक्रबार २१:०९
विद्यार्थी संगठन अखिल क्रान्तिकारी मकवानपुरले ८ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको छ । संगठनका अध्यक्ष सुर्य बहादुर गोले सुर्य सी को नेतृत्वमा क्रान्तिकारीले जिल्ला प्रशासन कार्यलय र हेटौंडा उपमहानगरपालिकालाई उक्त ज्ञापन पत्र बुझाएको हो ।
आउँदै गरेको शुभ दिपावली र छठपर्वको समयमा मिठाइजन्य वस्तुमा हुन सक्ने अखाद्य पदार्थको मिश्रण, यातायातमा हुने चर्को भाडा असुली, सवारी साधन र जनचापको कारणले सहरी क्षेत्रमा हुन सक्ने असहजता तथा दुर्घटना रोकथामका लागि उचित व्यवस्थापन गर्न माग गर्दै क्रान्तिकारीले ८ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

क्रान्तिकारी का केन्द्रिय सदस्य तथा दक्षिण९पूर्व मकवानपुरका जिल्ला अध्यक्ष सुर्य सीको नेतृत्वमा गएको आशिष् सी, विपना सी, लखन सी सहितको टोलिले जिल्ला प्रशासन कार्यलय मकवानपुरका सहायक जिल्ला प्रमुख अधिकारी धरेन्द्र प्रसाद चापागाईं र हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामा मार्फत उक्त ज्ञापन पत्र बुझाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया