राति १ बजेसम्म देउसी खेल्नुस,सुरक्षा महानगरले गर्छ मेयर बालेन – Nagarikabhiyan : National News

राति १ बजेसम्म देउसी खेल्नुस,सुरक्षा महानगरले गर्छ मेयर बालेन

काठमाडौं महानगरपालिकाभित्र राति १ बजेसम्म तिहारमा देउसी भैली खेल्न पाइने भएको छ।
यसअघि कोभिडका कारण तथा सुरक्षाका कारणले गर्दा तिहारमा राति ९ बजेसम्म खेल्न अनुमति दिए पनि यो वर्ष १ बजेसम्म समय दिइएको हो।

यो वर्ष महानगरको नगरप्रहरीले राति १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको काठमाडौं महानगरका प्रमुख बालेन साहले सामाजिक सञ्जालमार्फत बताएका छन्।

प्रमुख बालेनले लेखेका छन्,‘विगतको वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौं महानगरभित्र राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो। यो वर्ष काठमाडौ महानगर नगरप्रहरीले ‘राति १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हार्दिक अनुरोध गर्दछौं। सोही अनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौं।