मिर्चैयामा जुवातास खेल्दै गरेको अवस्थामा ५ जना पक्राउ
२३ कार्तिक २०८०, बिहीबार १९:४२
मिर्चैया नगरपालिका ६ कटारी चौक बस्ने संजय यादवको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका(८ बस्ने २८ वर्षीय राजाराम साह समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ५ सय ८५ रुपैँया, ६ सय भारतीय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया