देवानगञ्ज गाउँपालिका वडा नम्बर २ मा रहेको श्री कालि मन्दिरबाट निकालिएको कलश यात्रा भब्य रूपमा सम्पन्न
२३ कार्तिक २०८०, बिहीबार १७:५३
राज बोगटी देवानगञ्ज – देवानगञ्ज गाउँपालिका वडा नम्बर २ मा रहेको श्री कालि मन्दिरबाट निकालिएको कलश यात्रा आज विहिवार पुजाको पहिलो दिन भव्यताका साथ कलश यात्रा सम्पन्न भएको छ् ।

प्रत्येक वर्ष कालि पुजाको अवसरमा मनाउदै आएको कलश यात्रा यो बर्ष पनि भब्यका साथ् सप्पन्न भएको आयोजक समितिका अध्यक्ष मनोज भगतले जानकारी दिनु भएको छ । यस वर्षको कलश यात्रामा विभिन्न धार्मिक झाकिहरु समेत समावेश गरेको छ । कल यात्रामा एक हजार भन्दा बढी कन्या कुमारीहरुको सहभातिा रहेको कलश यात्रा व्यवस्थापन समितिका अध्यक्ष संजय साहले जानकारी दिनु भयो । कलश यात्राको उदघाटन देवानगन्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले रिवन काटेर उदघाटन गर्नु भएको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया