महोत्तरीबाट बेपत्ता पाँच किशोरी धनुषामा फेला – Nagarikabhiyan : National News

महोत्तरीबाट बेपत्ता पाँच किशोरी धनुषामा फेला

महोत्तरीबाट दुई दिनदेखि बेपत्ता भएका पाँचजना किशोरी आज बिहीबार धनुषाको ढल्केवारमा फेला परेका छन्। मंगलबारदेखि महोत्तरीको औरही गाउँबाट पाँचजना किशोरी बेपता भएका थिए।
उनीहरुलाई आज बिहान बाहिर जान लागेका बेला स्थानीयले घेरेर प्रहरीलाई बोलाएर जिम्मा लगाएका छन्।

फेला परेका पाँच किशोरीलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ भने उनीहरुको अभिभावक बोलाएर जिम्मा लगाइने तयारी भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहले बताए।

महोत्तरीको औरही नगरपालिका वडा नम्बर २ की १६ वर्षीया वसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा एक्कासि दुई दिन अघिदेखि नै सामूहिक रूपमै सम्पर्कविहीन भएका थिए।