बागमती प्रदेशका मन्त्री दुलालका पीएसओ झुन्डिएको अवस्थामा मृत फेला – Nagarikabhiyan : National News

बागमती प्रदेशका मन्त्री दुलालका पीएसओ झुन्डिएको अवस्थामा मृत फेला

बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका पर्सनल सेक्युरेटी अफिसर पीएसओ मृत भेटिएका छन्।

मन्त्री दुलालका पीएसओ असई यामबहादुर सुवेदी मंगलबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी तथा प्रवक्ता सीताराम रिजालले बताए।

सुवेदी हेटौँडा उपमहानगरपालिका–११ को बनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। घटनाबारे अनुसन्धान सुरु गरिएको एसपी रिजालले बताए।