काठमाडौं आइरहेको बसको ढोकाबाट खसेका भट्टराईको मृत्यु
२० कार्तिक २०८०, सोमबार १६:४८
बुटवलबाट काठमाडौं आइरहेको एउटा यात्रुवाहक बसको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको अर्गेनी घर भएका २६ वर्षीय अशोक भट्टराई रहेका छन् ।
चितवनको भरतपुर महानगरपालिका(२९ जुगेडी पुल छेउमा लु२ख १७७८ नम्बरको बसको ढोकाबाट लडेर घाइते भट्टराईको सोमबार दिउँसो मृत्यु भएको हो ।
बसबाट लडेर गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया