नायक पल शाहले – दिए ब्यक्तिगत रूपमा भूकम्प पीडितलाई यति धेरै पैसा
१९ कार्तिक २०८०, आईतवार १४:००
शुक्रबार राति ११ः४७ बजे पश्चिम नेपालको कर्णाली प्रदेशस्थित जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६।४ म्याग्निच्युडको भुकम्पको धक्काले ठूलो जनधनको क्षती भएको छ । उक्त क्षतिमा मह्लम लगाउन यतिबेला सरकार राजनैतिक दल विभिन्न संघ संस्था तथा ब्यक्तिहरु जुटिरहेका छन् । यस्तैमा अभिनेता पल शाहले पनि आर्थिक सहयोग गरेका छन् ।
उनले यसअघि पनि सहकार्य गर्दै आएको ‘हाम्रो टिम नेपाल’नामक सामाजिक संस्थालाई नगद ५० हजार सहयोग गरेका छन् । उनले सामाजिक संजालमा एक पोस्ट गर्दै यो कुराको जानकारी गराएका हुन् । अत्यावश्यक सामग्री सहित सहयोग गर्न हाम्रो टिम नेपाल स्वास्थ्य टोलि सहित जाजरकोट जाने तयारीमा छ । त्यही मौकामा पलले यो सहयोग गरेका हुन् । उनले सहयोग पस्चात यस्तो लेखेका छन्
जाजरकोटमा गएको भुकम्पले धेरै मानवीय र भौतिक क्षति भएकाले मैले तत्कालका लागि ब्यक्तिगत रूपमा रू पचास हजार ९५०,०००० हाम्रो टिम नेपालको मार्फत सहयोग गरेको छु । हाम्रो टिम राहत र स्वास्थ्य टोलि सहित जाजरकोट जाँदैछ।धेरै घरहरू भत्केकाले धेरै नागरिकहरू खुला आकाशमुनि बस्न र खानपिनको ब्यबस्थापन नभएको र घाइतेहरूलाई छिटो उद्वार गर्ने सम्बन्धि निकाएलाई अनुरोध गर्दै यो दुखको घडीमा सम्पूर्ण नेपालीहरू एक भएर उद्वार र सहयोग गर्न अनुरोध गर्दछु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया