अत्तरियामा दुर्घटना ग्रस्त मोटरसाइकल फेला – Nagarikabhiyan : National News

अत्तरियामा दुर्घटना ग्रस्त मोटरसाइकल फेला

कैलालीको गेटामा दुर्घटनाग्रस्त मोटरसाइकल फेला परेको छ। आज बिहान गेटा स्थित मनहरा पुल तल गएराति दुर्घटनाग्रस्त भएको से ५ प ७४७९ नम्बरको मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको

इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। चलाक घाइते भएको अनुमान गरिएको प्रहरीले बताएको छ। यस सम्बन्धमा अनुसन्धान गरिरहेको मालाखेती प्रहरीले जनाएको छ।