डोटीमा जीप दुर्घटना ४ जनाको मृत्यु ५ जना घाइते
१९ कार्तिक २०८०, आईतवार ०७:३५
डोटीको शिखर नगरपालिका– ६ अण्यौलमा बोलेरो जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। पाँचजना घाइते भएका छन्।
बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको जीप राति २ बजेर २८ मिनेटमा दुर्घटना भएको हो। बाजुरा गौमूल–४ काँडाकोट का २१ वर्षीय महेश बुढाले चलाएको जीप सडकबाट ५०र६० मिटर तल खसेको प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विष्णुहरि कोइराललाले जानकारी दिए।
तीनजनाको शव फेला परेको छ भने एक जनाको शव भेटिएको छैन। जीप खोलामा रहेको र उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ। जीपमा १० जना सवार थिए। दुर्घटनामा घाइते पाँचजनामध्ये चार दीपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको कोइरालाले बताए।
मृतकहरूको पहिचान हुन सकेको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया