जाजरकोटको भूकम्पमा किन भयो बढी क्षति
१८ कार्तिक २०८०, शनिबार १३:३५
गए राति जाजरकोटको बारेकोट गाउँपालिका(१ रामीडाँडा केन्द्रबिन्दु भएर ६।४ म्याग्निच्युडको भूकम्प गयो । शुक्रबार राति ११ बजेरमा ४७ मिनेटमा गएको सो भूकम्पपछि त्यसकै आसपासमा केन्द्रविन्दु भएर ४ म्याग्निच्युडभन्दा ठूलो थप ४ वटा पराकम्प गएका छन् ।
काठमाडौैदेखि भारतको नयाँ दिल्लीसम्म धक्का महसुस गरिएको भूकम्पका कारण जाजरकोटमा ९८ र पश्चिम रुकुममा ३८ जनाको मृत्यु भएको नेपाल सरकारले जनाएको छ ।
जाजरकोट र पश्चिम रुकुमका दुर्गम क्षेत्रहरूको थप विवरण आउन बाँकी रहेकाले हताहतीको संख्या बढ्न सक्ने देखिएको छ । ५ सय वर्षयता महाभूकम्प नगएको गोर्खा पश्चिमको त्यस क्षेत्रमा केही समयदेखि पश्चिम नेपालका विभिन्न जिल्लाहरूलाई केन्द्रविन्दु बनाएर भूकम्प गए पनि यति ठूलो जनधनको क्षति गरेको थिएन ।
मध्य रातमा मस्तसँग सुतेका मानिसले गुहार नै पाएनन् । घरहरू भत्किए मानिसको हताहती बढ्यो, भूगर्भ विभागका भूकम्पविद् मुकुन्द भट्टराईले भने ‘बाजुरा, बझाङ र डोटीको भूकम्प बराबर भए पनि यसमा बढी क्षति हुनुको कारण विभिन्न छन् ।
भट्टराईका अनुसार केन्द्रविन्दुबाट ुबस्ती कति टाढा छ, उद्गमविन्दु र केन्द्रविन्दुमा पर्छ रु भौगोलिक, भौगर्भिक अवस्था कस्तो छ भौगर्भिक जटिलता कस्तो छ त्यस क्षेत्रमा यसभन्दा अघि गएका भूकम्पहरूले कतिको पराकम्प आइरहेका छन् पहिलेका भूकम्पहरूले घरहरूलाई कतिको क्षति पुर्याएका थिए वा थिएन रुु लगायत विषयले भूकम्पमा हुने क्षति बढी र घटी हुने गरेका छन् ।
गत असोज १७ गते बझाङलाई केन्द्रविन्दु बनाएर ६।३ म्याग्निच्युड र गत वर्षको कात्तिक २२ गते डोटीमा केन्द्रविन्दु भएर ६।६ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपाल सरकारको विपद् जोखिम न्यूनीकरणको पोर्टलमा राखिएको जानकारीअनुसार डोटीमा ६ जना र बझाङ र बाजुरामा एक(एक जनाको मृत्यु भएको थियो ।
नेपाल भूकम्पको उच्च जोखिम रहेको क्षेत्रमा पर्छ । तर गोर्खा पश्चिम र भारतको देहरादुन पूर्वतर्फ ५ सय वर्षदेखि महाभूकम्प गएको छैन । साना भूकम्पहरू भने पटक(पटक जाने गरेका छन् ।
भूकम्पको जोखिम क्षेत्रमा पर्ने भए पनि गोर्खाबाट पश्चिम र भारतको देहरादुनबाट पूर्व पछिल्लो ५ सय १८ वर्षदेखि ठूलो भूकम्प नगएको क्षेत्रमा पर्छ । सन् १५०५ पछि पश्चिम नेपालमा ठूलो भूकम्प गएको छैन,’ भट्टराईले भने, पछिल्लो समयमा कतिले बाजुरा वा बझाङ वा डोटी वा अन्यत्र केन्द्रविन्दु बनाएर भूकम्प जाने गरेका छन् । त्यस क्षेत्रमा कम्पन भई नै रहेको छ । त्यस क्षेत्रमा घरहरूको बनावट पनि कच्चा प्रकारका छन् ।’ उनले माटो ढुंगाले जोडेर बनेका र ढुंगाले नै छाएर बनाएका घरहरूमा बढी क्षति गर्छ र अर्कोतर्फ समथर भूभाग नभई भिरालो स्थल रहेको बताए ।
पराकम्पन थपिदै थपिदै जाँदा घरहरू धेरै भत्किएर क्षति धेरै भएको देखिन्छ,’ उनले भने, ‘भूकम्पको उद्गमस्थल यूएसजीएसले १९ किलोमिटर राखेको छ । त्यसका लागि केन्द्रविन्दु नजिकै रहेका ३ वटा मापन केन्द्रको रेकर्ड हेर्नुपर्छ । नेपालको जाने भूकम्पको उद्गमविन्दु भौगोलिक अवस्थितिको कारण ३० किलोमिटरभन्दा कम गहिराइकै हुने गरेको छ । यति नै हो भन्ने निश्चित भइसकेको छैन ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया