तनहुँमा बस दुर्घटना ३४ जना घाइते – Nagarikabhiyan : National News

तनहुँमा बस दुर्घटना ३४ जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकामा शनिबार बिहान ५ स् १० बजे बस दुर्घटना भएको छ । व्यास(१२ कमलबारीमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका प्रहरीले जनाएको छ ।

डुम्रेबाट पोखरातर्फ आउँदै गरेको ना ५ ख १७५२ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा बस चालकसहित ३४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका डीएसपी मोहनबहादुर खाँणले बताए ।

दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल, पोखरा र चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।