रोकिराखेको ट्रकमा मोटरसाईकल ठोक्किँदा दुई जनाको मृत्यु – Nagarikabhiyan : National News

रोकिराखेको ट्रकमा मोटरसाईकल ठोक्किँदा दुई जनाको मृत्यु

सर्लाहीको लालबन्दीमा रोकिराखेको ट्रकमा मोटरसाईकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । गएराती लालबन्दी नगरपालिका–१७, कालिन्जोर स्थित पूर्वपश्चिम राजमार्गमा बिग्रिएर रोकिराखेको ट्रकको पछाडिबाट मोटरसाईकल ठोकिएको हो ।

दुर्घटनामा परेर प्रदेश २–०३–००४–५३५५ नम्बरको मोटरसाईकलका चालक सर्लाहीको हरिवन नगरपालिका–११, बस्ने मुकेश कुमार गुप्ता र मोटरसाईकलमा सवार सोही स्थानका ३५ बर्षका सुनिल कुमार गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको मोटरसाईकल सोही दिशातर्फ आउँदै गर्दा बिग्रीएर रोकिराखेको बिआर०६ जिडि ३१४१ नम्बरको ट्रकमा ठोक्किएको ईलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाईते भएका मुकेशको उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । यसैगरी, सुनिललाई जनसेवा अस्पताल बर्दिवास पुर्याए पछि चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा परेका दुबै जनाको टाउक नाक मुख लगाएत शरिरका विभिन्न भागका चोट लागेको थियो ।