डोटीमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु – Nagarikabhiyan : National News

डोटीमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु

डोटी-डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका–१ को गैरा नजिकै सुपप्र ०१००२ ट ६७२३ ट्याक्टर दुर्घटना हुँदा गौरीगंगा नगरपालिका–७, कैलालीका सलिम राना मास्केमगरको मृत्यु भएको हो ।

मजदुर बोकेर जोरायल गाउँपालिका–१ धोरडीदेखि खटेना जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटी जनाएको छ । दुर्घटनामा परी ट्याक्टरमा सवार १९ मदजुर घाइते भएका छन ।
घाइतेहरुको उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।