मोटरसाइकल दुर्घटनामा पूर्व प्रहरी नायव निरीक्षकको मृत्यु – Nagarikabhiyan : National News

मोटरसाइकल दुर्घटनामा पूर्व प्रहरी नायव निरीक्षकको मृत्यु

डडेल्धुरा- डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ ऐरीछानाका ५४ वर्षीय शम्भुसिंह धामीको मृत्यु भएको हो। उनी पूर्व प्रहरी नायव निरीक्षक सई रहेको बताइएको छ।

मंगलबार दिउँसो भीमदत्त राजमार्ग अन्तर्गत आलिताल गाउँपालिका–१ गांखेतमा भात्काँडाबाट बुडरतर्फ जाँदै गरेको यूके०६बीसी २११२ नम्बरको मोटरसाइकल दुर्घटनामा परी धामीको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।