भारतीले पुनः सुरु गरिन माइतीघरमा अनसन – Nagarikabhiyan : National News

भारतीले पुनः सुरु गरिन माइतीघरमा अनसन

श्रीमान चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध भारती मानन्धरले पुनस् अनसन थालेकी छन् ।

नेपालगञ्जकी मानन्धरले आइतबारबाट काठमाडौंको माइतीघरमा पुनस् रिले अनसन सुरु गरेकी हुन् । २०७२ सालमा नेपालगञ्जमा चेतनलाई रिगलकै योजनामा खुँडा प्रहार गरी हत्या भएको भन्दै अदालतले दोषी ठहर गरेको थियो ।

घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए ।