नेपालको संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन राष्ट्रसंघले सहयोग गर्छ गुटेरेस
१२ कार्तिक २०८०, आईतवार १५:४३
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन राष्ट्रसंघ सहयोग गर्न तयार रहेको बताएका छन्।
नेपाल भ्रमणमा रहेका गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले संक्रमणकालीन न्यायले पीडित, परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्न तयार रहेको बताए।
संयुक्त राष्ट्रसंघ नेपाललाई अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गर्ने प्रक्रियाको विकास गर्न र त्यसलाई व्यवहारमा उतार्न सहयोग गर्न तयार गुटेरेसको भनाइ थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया