धनगढीबाट आर आइ टि र वडा प्रहरीले राती १२ बजे समात्यो एक दर्जन जुवाडे – Nagarikabhiyan : National News

धनगढीबाट आर आइ टि र वडा प्रहरीले राती १२ बजे समात्यो एक दर्जन जुवाडे

प्रदेश प्रहरी कार्यालय धनगढी बाट खटिएको आर आइ टि र वर्डा प्रहरी कार्यालय धनगढीको टोलिले धनगढी बाट एक दर्जन जुवाडे समातेको छ । सुक्रबार राती करिब १२ बजेको समयमा धनगढी उपमहानगरपालिका १३ राजपुराबाट एक लाख एक हजार ३६५ रुपैयाँ सहित १२ जना जुवाडे पक्राउ परेका हुन् । उपमहानगरपालिका १३ राजपुर स्थित खाली टहरामा जुवातास खेलिरहेको भन्ने गोप्य सुचनाको अधारमा सयुक्त प्रहरी टोलिले सो रकम सहित जुवाडे समातेको हो ।

जुवा तास खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा धनगढी उप(महानगरपालीका १३ बस्ने कमल बडायक, सोही ठाउका, सुवा राना, राधेश्याम राना, भरत राना, भरत राना, राम नन्द राना, रुपेन्द्र ओझा, शिब कुमार राना, सुरेश राना, को पिरागी राना, नबोध झा र योगेन्द्र महरा लाई प्रहरिले पक्राउ गरेको हो । बरामद रकम र जुवाडे हरुलाइ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । उनिहरु माथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।