चितवनमा बसको ठक्करबाट स्कुटर चालकको ज्यान गयो – Nagarikabhiyan : National News

चितवनमा बसको ठक्करबाट स्कुटर चालकको ज्यान गयो

चितवनमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । गए राति खैरहनी नगरपालिका–१ बहेरा चोकको पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ९६ प ३६३४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख २३५४ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ का २३ वर्षीय आनन लामाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते लामाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।