देवानगञ्ज गाउँपालिका वडा नम्बर चारको कार्यलायको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
७ कार्तिक २०८०, मंगलवार १७:४०
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ को कार्यलायको आयोजनामा दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । मंगलवार सम्पन्न भएको कार्यक्रमा देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता, वडा अध्यक्ष सुशिल कुमार मेहता लगायत स्थानिय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुशिल कुमार मेहता भन्ने नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वले सम्पूर्ण वडा बासीको घरघरमा माता दुर्गाले सुख शन्ति प्रदान गरुन् भने शुभकामना व्यक्त गर्दछु भनेर शुभकामना व्यक्त् गरेका थिए ।
कार्यक्रमा बोल्दै गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले खुशि किसान देवानगञ्जको पहिचान नारा दिएर शुरु गरेको किसान लक्षित विधुतिकरणको कार्यक्रमले सिगो पालिकाका किसानहरु नारा जस्तै खुशि हुनेमा आफु विश्वत रहेको बताउनु भयो । हाम्रो पालिकाको धेरै जसो किसानको सिचाइको समस्या रहेको र विधुतिकरण भए पछि सो समस्या हटेर जाने बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया