काठमाडौंमा फेरि भूकम्पको धक्का
५ कार्तिक २०८०, आईतवार १८:४४
काठमाडौंमा दोस्रोपटक भूकम्पको धक्का महसुस भएको छ । आइतबार साँझ दुई पटक भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङको खरी आसपास केन्द्रविन्दु भएर ५ बजेर ३१ मिनेट जाँदा ५ म्याग्निच्युडको भूकम्प गएको हो भने सोही क्षेत्र आसपास भएर ५ बजेर ३३ मिनेट जाँदा ५।१ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि धादिङ केन्द्रबिन्दु भएर बिहान ६।१ म्याग्निच्युडको भूकम्प गएको थियो । बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
भूकम्पको धक्का धादिङसहित काठमाडौं, गोरखा, नुवाकोट, कास्की, चितवनलगायत विभिन्न जिल्लाहरूमा महसुस भएको खबर प्राप्त भएको छ ।
भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका–५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया