भरतपुरको भाटभटेनी नजिकै प्रकाश मगरको शव भेटियो – Nagarikabhiyan : National News

भरतपुरको भाटभटेनी नजिकै प्रकाश मगरको शव भेटियो

चितवनको भरतपुर महानगरपालिका–१० स्थिति भाटभटेनी नजिकै कुलोमा एक जना पुरूषको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज दिउँसो साढे १ बजे सोही ठाउँका ४५ वर्षीय प्रकाश आले मगर मृत भेटिएका हुन् ।

मृत व्यक्ति शारीरिक अपांगता भएको व्यक्ति रहेको र नाला तर्ने क्रममा खसेको हुनसक्ने प्रहरीको अनुमान छ । उनी घोप्टो परेको र अनुहार पानीमा डुबेको अवस्था भेटिएका थिए। उनले मदिरा सेवन गरेको हुनसक्ने आशंका पनि प्रहरीको छ ।

शव पोष्टमर्टमका लागि भरतपुर अस्पतालमा पठाइएको छ। प्रहरीले घटनाको अनुसन्धान सुरू गरेको छ।