जापानसँगको खेलमा नेपाल पहिले ब्याटिङ गर्दै – Nagarikabhiyan : National News

जापानसँगको खेलमा नेपाल पहिले ब्याटिङ गर्दै

काठमाण्ठाै – मलेसियामा चलिरहेको एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको पहिलो सेमिफाइनलमा अहिले नेपाल र जापानको खेल भइरहेको छ ।
वाईएसडी यूकेएम ओभलमा भइरहेको खेलमा टस हारेको नेपालले पहिले ब्याटिङ गरिरहेको छ । नेपाल समूह एु को विजेता र जापानले समूह डीु को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । समूह चरणमा नेपाल अपराजित रहेको छ ।

नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रन र दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो । यस्तै, नेपालले समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई ३ सय २ रनले हराएको थियो । अर्को सेमिफाइनलमा यूएई र सिङ्गापुर खेलिरहेका छन् ।