पोखरामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यान गयो २ जना घाइते
३ कार्तिक २०८०, शुक्रबार १६:२०
कास्की –पोखरा महानगरपालिका–२५ फुर्केटारी चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
ग १६ प २९१ नम्बरको मोटरसाइकल र बाग्मती प्रदेश ०२(०१६ प ७०८४ नम्बरको मोटरसाइकल आपसमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा ग १६ प २९१ नम्बरको मोटरसाइकल चालक गोरखाको पालुङटार घर भएका ३० वर्षीय शुक्रराज श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका बाग्मती प्रदेश ०२(०१६ प ७०८४ नम्बरको मोटरसाइकल चालक र त्यही मोटरसाइकलमा पछाडि बसेका व्यक्तिको मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया