बझाङमा जिप दुर्घटना, ६ जना घाइते – Nagarikabhiyan : National News

बझाङमा जिप दुर्घटना, ६ जना घाइते

बझाङमा जिप दुर्घटना भएको छ। जिल्लाको छविस पाथिभेरा गाउँपालिका–७ खोरी स्थित कच्ची सडक खण्डमा जिप दुर्घटना भएको हो।

भाडे बजारबाट बुडखोरी तर्फ जादैं गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप आज ९शुक्रबार० बिहान बे्रक फेल भएर सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। जिपमा ८ जना सवार थिए। ती मध्ये ६ जना घाइते भएको प्रहरीले जनाएको छ।