बङ्गलादेशले भारतलाई दियो २ सय ५७ रनको लक्ष्य – Nagarikabhiyan : National News

बङ्गलादेशले भारतलाई दियो २ सय ५७ रनको लक्ष्य

काठमाण्डाै –आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा बङ्गलादेशले भारतलाई २ सय ५७ रनको लक्ष्य दिएको छ ।

पुनेमा टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५६ रन बनायो । बङ्गलादेशका लिटन दासले सर्वाधिक ६६ रन बनाए । यस्तै तन्जिद हसनले ५१, महमुदुल्लाहले ४६ र मुशफिकर रहिमले ३८ रन बनाए । बलिङतर्फ भारतका जसप्रीत बुमराह, मोहम्मद सिराज र रवीन्द्र जडेजाले २र२ विकेट लिए ।

भारत ३ खेलमा तीनै खेल जितेर ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । बङ्गलादेश उति नै खेलमा १ खेल जितेर २ अङ्कसहित छैटौँ स्थानमा छ ।