दशैंमा गाडी र भ्रमण भत्ता लिएर घर हिँड्छन् कर्मचारी – Nagarikabhiyan : National News

दशैंमा गाडी र भ्रमण भत्ता लिएर घर हिँड्छन् कर्मचारी

दशैंको सार्वजनिक विदा सुरु नहुँदै सिंहदरबार र विभिन्न सरकारी कार्यालयहरुका कर्मचारी धमाधम काज विदा लिएर घर हिँडेका छन् ।
गत शुक्रबारदेखि नै धेरै कर्मचारीले काज विदाको भ्रमण आदेश स्वीकृत गरेर हिँड्दा कतिपय कार्यालयमा दैनिक कामकाज र सेवा प्रवाह नै अवरुद्ध हुन पुगेको छ । दशैंको सार्वजनिक बिदा ४ कात्तिकबाट मात्र सुरु हुँदैछ ।

राष्ट्रिय सतर्कता केन्द्रले बुधबार गरेको अनुगमनमा काठमाडौंका विभिन्न सरकारी निकाय र कार्यालयका ३२८ कर्मचारीले काज विदा स्वीकृत गराएर हिँडेको भेटिएको छ ।
सतर्कता केन्द्रका प्रवक्ता राजेन्द्र पौडेल सरकारका ३१ वटा मन्त्रालयरआयोगरविभागहरु र प्राधिकरणरसार्वजनिक संस्थानमा अनुगमन गर्दा दशैंको विदा सुरु हुनुभन्दा एक हप्ताअघि र विदा सकिने दिनभन्दा एक हप्तापछि सम्मको काज स्वीकृत गरेको भेटिएको बताउँछन् ।