प्रधानमन्त्री प्रचण्ड स्वास्थ्य जाँचका लागि नर्भिकमा – Nagarikabhiyan : National News

प्रधानमन्त्री प्रचण्ड स्वास्थ्य जाँचका लागि नर्भिकमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका छन् ।

मंगलबार दिउँसो उनी थापाथलीको नर्भिक अस्पतालमा स्वास्थ्य जाँच गर्न गएका उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार उनी छातीमा असहज भएपछि चेकजाँचका लागि अस्पताल गएका हुन् । उनी आजै अस्पतालबाट बालुवाटार फर्किने बताइएको छ ।