सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट आफ्नो नाम फिर्ता लिए
२६ आश्विन २०८०, शुक्रबार ०६:३८
काठमाडौं :नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेले त्रिकोणात्मक टी–२० श्रृखला नखेल्ने भएका छन् ।
बिहीबार राति सामाजिक सञ्जालमा लेखेर उनले भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको बताएका छन्। उनले यो समयमा आफूले आफैँलाई नयाँ जीवन दिन र परिवारसँग समय बिताउन चाहेको बताएका छन् ।
म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु ।उनले भनेका छन् मैले अहिलेसम्म पाएको शुभकामना र आशीर्वादकालागि धन्यवाद दिन चाहन्छु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया