नेपाली विद्यार्थीहरु उत्साहका साथ इजरायल विमानस्थलमा
२५ आश्विन २०८०, बिहीबार १४:२४
स्वदेश फर्किन लागेका नेपाली विद्यार्थीहरू उत्साथका साथ इजरायलस्थित विमानस्थल पुगेका छन् । नेपाल एयरलाइन्सको विमान उनीहरुको उद्धारका लागी गएपछि नेपाली विद्यार्थीहरू विमानस्थल पुगेका हुन् । विद्यार्थीहरू इजरायलका विभिन्न ठाउँबाट तेल–अभीभ विमानस्थलमा पुगेका छन् ।
मृत्युको मुखबाट जोगिएर स्वदेश फर्किन पाउँदा विद्याथीहरु खुसी देखिएक छन् । नेपालबाट इजरायलका लागि छुटेका जहाज स्थानीय समयअनुसार ११ः ३० बजे विमानस्थलमा पुग्नेछ । इजरायल पुगेपछि तत्कालै विद्यार्थीको उद्धार गरेर फर्किनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया